काठमाडौं । नेपाल विद्यार्थी संघले अवैध लाइसेन्स प्रकरणको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाललाई ज्ञापनपत्र बुझाएको छ ।
संघका केन्द्रीय सदस्य नारायण पाण्डेको नेतृत्वमा बुझाइएको ज्ञापनपत्रमा विभागको नेतृत्व र महत्त्वपूर्ण जिम्मेवारीमा आसीन व्यक्ति तथा बिचौलियाको मिलेमतोमा ६ महिनाको अवधिमा करिब ३० हजार अवैध लाइसेन्स विभागको सिस्टममा प्रविष्ट भएको सम्बन्धमा यथार्थ छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरिएको छ ।
आइतबार नेविसंघले यातायात विभागका महानिर्देशक उद्धव रिजाललाई १३ बुँदे ज्ञापनपत्र बुझाउँदै अवैध लाइसेन्स सम्बन्धमा छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको हो ।