काठमाडौं । नापी विभागले एकैपटक ३३५ जना कर्मचारीको सरुवा गरेको छ । विभागले नापी अधिकृत,सर्भेक्षक र अमिनहरुको सरुवा गरेको हो । यसरी सरुवा हुनेहरुमा ३४ जना नापी अधिकृत १८२ जना सर्भेक्षक र ११९ जना अमिन रहेका छन् ।
केही दिन अगाडिदेखि नै सरुवा हुने बताइए पनि विभागले १५ गते मात्रै सरुवा गरेको हो । विभागका महानिर्देशक प्रकाश जोशीले सरुवा मापदण्ड अनुसार मात्रै सरुवा गर्ने अडानका कारण अन्तिम मितिमा मात्रै निर्णय भएको बुझिएको छ ।