काठमाडौं । गृह मन्त्रालयले बाढीपहिरोबाट प्रभावित आठ जिल्लामा समन्वय र सहजीकरण गर्न सहसचिवको नेतृत्वमा कार्यदल गठन गरेको हो ।
बाढीपहिरो प्रभावित काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक र धादिङ आठ जिल्लाका बाढी प्रभावितलाई राहत उपलब्ध गराउन कार्यदल गठन गरिएको हो ।
काठमाडौंमा गोविन्द प्रसाद रिजाल, ललितपुरमा प्रकाश पौडेल, भक्तपुरमा नारायणप्रसाद अर्याल, काभ्रेमा बासुदेव घिमिरे, सिन्धुलीमा लालबाबु कवारी, मकवानपुरमा रामबन्धु सुवेदी, सिन्धुपाल्चोकमा श्याम कृष्ण थापा र धादिङमा रमेश ढकाललाई कार्यदलको संयोजक बनाइएको छ ।