काठमाडौं । आचरण विपरीतका कार्य भएको भन्दै गृह मन्त्रालयले पर्सा र महोत्तरीका सीडीओलाई स्पष्टीकरण सोधेको छ ।
पदीय मर्यादा बाहिर गएर अभिव्यक्ति दिएको र आर्थिक अनियमितताबारे गृह मन्त्रालयमा गुनासो आउन थालेपछि मन्त्रालयले पर्साका सीडीओ ओमप्रकाश अर्याल र महोत्तरीका सीडीओ लालबाबू कवारीलाई स्पष्टीकरण सोधेको हो ।
गृह मन्त्रालयका अनुसार सीडीओ कवारीलाई कार्यालयको प्रशासन शाखाका नायब सुब्बा अशोककुमार यादव घुससहित पक्राउ परेको विषयमा र अर्याललाई उनले दिएको विवादित अभिव्यक्तिको विषयमा स्पष्टीकरण सोधिएको हो ।