काठमाडौं । लोक सेवा आयोगले ४९ पदमा राजपत्रांकित द्धितिय श्रेणी उपसचिवका लागि गरेको विज्ञापनको प्रक्रिया स्थगित गरेको छ । आयोगले आज एक सूचना जारी गरेर यस्तो जानकारी दिएको हो ।
आयोगले राजपत्राङ्कित द्वितीय श्रेणीका कर्मचारी बढुवा गर्न गत ३० असोजमा प्रकाशित सूचना प्रकाशित गरेको थियो । अदालत पाटनमा सो सूचना विरुद्ध परेको रिटमा १४ आत्तिकमा आन्तरिम आदेश जारी भएको थियो ।
ऊर्जा मन्त्रालय अन्तरगतका कर्मचारीहरु यो सूचना न्यायसंगत नभएको भन्दै अदालत गएका थिए । उनीहरुको मागअनुसार नै अदालतले अन्तरिम आदेश जारी गरेको थियो ।