काठमाडौं । कपिलवस्तु जिल्ला अदालतका तहसीलदार सन्तोष कुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डे घुससहित पक्राउ परेका छन् । उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० हजार घुस र स्रोत नखुलेको ९६ हजार ८०० रुपैयाँसहित पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले बेरितको बण्डा मुचुल्का बदर गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको उजुरी निवेदनका आधारमा सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।
२० हजार घुस रकम र स्रोत नखुेलेको छयानब्बे हजार आठ सय रुपैयाँसहित उनीहरुलाई कपिलवस्तु नगरपालिका वडा नम्बर १ स्थित गौढी चोकबाट नियन्त्रणमा लिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।


