काठमाडौं । सिराहाको कर्जन्हा नगरपालिका तत्कालीन मेयर गङ्गा पासवान र प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डल भ्रष्टाचारमा दोषी ठहर भएका छन् ।
विशेष अदालतका न्यायाधीश खुशीप्रसाद थारु,रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उनीहरूलाई सजाय निर्धारण गरेको हो । उनीहरूलाई २१ लाख ६० हजार बिगो र जरिवाना र २ वर्ष ६ महिना कैद र जरिवाना हुने फैसला सुनाएको छ।


