काठमाडौं । नगर विकास कोषको कार्यकारी निर्देशकमा विनोद पण्डित नियुक्त भएका छन् । उनले आजबाट कोषको कार्यकारी निर्देशकका रुपमा जिम्मेवारी सम्हालेका हुन् ।
पण्डित नेपाल इन्जिनियर्स एसोसियसनका महासचिव समेत हुन् । नगर विकास कोष कार्यकारी निर्देशक छनौट समितिले पण्डितको नाम सिफारिस गरेको थियो ।


