काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका १० डिआइजीको सरुवा र ८ जनाको पदस्थापन गरेका छ ।
भोलाबहादुर रावल गण्डकी प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनसन्धान महाशाखा पोखरा, गणेश चन्द सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, सिद्धिविक्रम शाह नेपाल प्रहरी प्रधान कार्यालय विशेष ब्युरो र सुशिलसिंह राठौर नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागमा जिम्मेवारी तोकिएका छन् ।
त्यस्तै उमाप्रसाद चतुरवेदी नेपाल प्रहरी प्रधान कार्यालय, हिमालयकुमार श्रेष्ठ अख्तियार दुरुपयोग अनुसन्धान आयोग र डम्बरबहादुर विक साइबर ब्युरोमा काजमा खटिएका छन् ।
