काठमाडौं । नागरिकता र राहदानीमा जालझेल गरेको भन्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ । आयोगले सोमबार विशेष अदालत काठमाडौंमा सिलवालविरुद्ध आरोपपत्र दायर गरेको हो ।
उनले जिल्ला प्रशासन कार्यालय, पर्साबाट २०३२ फागुन २४ गतेको नेपाली नागरिकता प्रमाणपत्र प्राप्त गर्दा उमेर १६ वर्ष उल्लेख भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडांैबाट नेपाली नागरिकताको प्रतिलिपि प्राप्त गर्दा २०६६ वैशाख १७ गते जारी नागरिकतामा जन्म मिति २०१६ कात्तिक २२ उल्लेख भएको पाइएको छ। त्रिभुवन विश्वविद्यालयबाट जारी स्नातक तहको ट्रान्सक्रिप्टमा जन्म मिति २०१५ साउन १५ उल्लेख भएको छ।
उनले हालसम्म लिएको लाभ सुविधा रकम ३६ लाख ६२ हजार १५४ रुपैयाँ र कसुरजन्य सम्पत्ति तथा साधन रोक्का, नियन्त्रण र जफत ऐन बमोजिम जफतरअसुल उपर हुन माग दाबीसहित आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।