काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुब्बा र खरिदार तहको कर्मचारीको सरुवा रोक्का गरेको छ ।
मन्त्रालयले पहुँचवाला कर्मचारीहरू आन्तरिक बढुवा हुनको लागि केही दिन दुर्गममा सरुवा हुने र दुर्गमबाट फर्कने बित्तिकै बढुवा हुने प्रवृत्ति निजामतीमा बढ्दै गएको भन्दै सोही विकृति रोक्नका २०८१ मंसिर १८ देखि नासु तहका कर्मचारीको सरुवा आगामी माघ मसान्तसम्म र खरिदार तहको कर्मचारीको सरुवा तथा पदस्थापन ८१ मंसिर १८ गतेदेखि फागुन मसान्तसम्म रोक्का गर्न मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय, तथा कार्यालयलाई परिपत्र गरेको छ ।
मन्त्रालयले सरुवामा समेत तरमारा वर्गले फाइदा लिने विकृती बढ्दै गएको भन्दै सरुवा रोक्का गरेको जनाएको छ । बढूवाका मुखमा नम्बर जोड्नका लागि मात्र केही समय दुर्गममा बस्ने र सोही नम्बर जोडेर बढूवाको लाभ लिने प्रवृत्ति बढेसँगै त्यसलाई रोक्नका लागि भन्दै सरुवा रोक्का गरेको जनाइएको छ ।