काठमाडौं । सहसचिव राम प्रसाद घिमिरे सचिवमा बढुवा भएका छन् । उनलाई आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सचिवान बढुवा गरेको हो ।
लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बढुवा सिफारिस समितिको बैठकले प्राविधिकतर्फ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यरत सहसचिव दिनानाथ मिश्र, खानी विभागका महानिर्देशक राम प्रसाद घिमिरे र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा कार्यरत मधुप्रसाद भेटवालको नाम सिफारिस गरेको थियो ।
उमेर हदका कारण केही समयपछि नै अनिवार्य अवकासमा जान लागेको घिमिरे बरियताका आधारमा पहिलो नम्बरमा दिनानाथ मिश्रलाई पछि पार्दै सचिव भएका हुन् ।
सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल अनिवार्य अवकाशमा गएसँगै प्राविधिक तर्फ सचिव पद रिक्त हुन पुगेको थियो ।