काठमाडौं । ललितपुर जिल्ला अदालतले भैँसेपाटीको ‘हनी ट्रयाप’ घटनामा प्रहरी निरीक्षक ९इन्स्पेक्टर० बिनुकुमारी शाहीसँग पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । उनलाई सोमबार भएको थुनछेक बहसपछि अदालतले यस्तो आदेश दिएको हो ,।
उनीमाथि ललितपुरको भैँसेपाटी प्रहरी प्रभाग प्रमुख रहँदा एक व्यवसायीलाई ‘हनी ट्रयाप’मा पारेर ३० लाख रुपैयाँ असुल गर्न खोजेको आरोप लागेको थियो ।
ललितपुर प्रहरीको अनुसन्धानका क्रममा उनको संलग्नता देखिएपछि पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत ललितपुरसँग पक्राउ अनुमति मागेको थियो ।


