काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) दुर्गा सिंह र भरतबहादुर बोहोरा अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा भएका छन् ।
उनीहरुलाई आज बसेको मन्त्रिपरिषद् बैठकले एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो
यसअघि गृहले मंसिर २८ गते नेपाल प्रहरीमा रिक्त दुई एआईजी पदमा सिंह र बोहोरालाई बढुवा गर्न सिफारिस गरेको थियो। सिंह प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग र बोहोराकाठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत छन् ।
एआईजी बोहोरा यहि पुष १४ गते ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जानेछन् भने सिंह आगामी चैत ५ गते अनिवार्य अवकाशमा जानेछन् ।


