काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। अख्तियारले आइतबार मेयर बस्नेतमाथि मुद्दा दायर भएको हो ।
आयोगले आइतबार विज्ञप्ति जारी गर्दै पद्मा मर्चेन्ट कम्पनी प्रालि र यसका सञ्चालकरअध्यक्ष राजुप्रसाद कँडेलबाट गैरकानुनी रूपमा जग्गा तथा रकम प्राप्त गरी उक्त जग्गा बिक्रीसमेत गरेको भन्दै उनीविरुद्ध मुद्दा दायर गरेको हो।
बस्नेतविरुद्ध भ्रष्टाचारमा ९ करोड र सम्पत्ति शुद्धीकरणको मुद्दामा १३ करोडको बिगो दाबी गरिएको छ। उनकी श्रीमती उर्मिला बस्नेतसमेत भ्रष्टाचारमा मतियार बनेको भन्दै सजायको माग गरिएको छ।


