कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ७ मा अवस्थित शिवम मार्ग टोल सुधार समितिको उप समुह शिबम मार्ग महिला संजालले रेडक्रश सोसाइटीसंग समन्वय गर्दै रक्तदान कार्यक्रम सफलतापुर्वक सम्पन्न गरेको छ ।
देशमा नै रगतको चरम अभाव भैरहेको विषम परिस्थितिमा महिला संजालले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
रक्तदान कार्यक्रम ७२ जनाले रक्तदान गरेको संजालका सदस्य शारदा पराजुली धितालले जानकारी दिनुभयो । महिला समुहले यसभन्दा अगाडि पनि सामाजिक सेवाको कामहरू निरन्तर लागिरहेको छ ।


