काठमाडौं । तीन उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।
बढुवा सिफारिस समितिको बैठकले शिक्षा,विविध र वन सेवाका एक एक उपसचिवलाई सहससिचवमा बढुवाका लागि सिफारिस गरेको हो । जसमा सनेपाल वन सेवा फरेष्ट रिसर्च समूहबाट राजेन्द्रकुमार वासुकला,विविध सेवा सूचना प्रविधि विज्ञ आदेश खड्का र शिक्षा सेवाबाट अम्बिका प्रसाद आचार्यलाई बढुवाका लागि सिफारिस गरेको हो ।
यी सबै कर्मचारीहरु जेष्ठता तथा कार्यक्षमता मुल्यांकनका आधारमा बढुवा सिफारिस भएका हुन ।
