काठमाडौं । बढुवा सिफारिस समितिले थप ३ उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ ।
समितिले नेपाल इञ्जिनियरिङ सेवा समूहतर्फका तीन उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।
यसरी बढुवामा सिफारिस हुनेहरुमा नेपाल इञ्जिनियरिङ सेवा, सिभिल इञ्जिनियरिङ समूह,हाइवे उपसमूहतर्फबाट रविन्द्रलाल दास रहेका छन् भने नेपाल इञ्जिनियरिङ सेवा, सिभिल इञ्जिनियरिङ समूह,विल्डिङ एण्ड आर्किटेक्ट उपसमूहबाट प्रकाश अर्याल र रमेश थपलिया रहेका छन् ।
