काठमाडौं । सहसचिव मधु भेटुवाल सचिवमा बढुवा भएका छन् । ऊर्जा मन्त्रालय अन्तरगत रहेको बुढीगण्डकी जलविद्युत कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका प्राविधिक सहसचिव उनी सोही समूहको रिक्त रहेको सचिवमा बढुवा भएका हुन् ।
लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षमा केहि दिन अघि बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिकतर्फ रिक्त रहेको सचिव पदका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेको थियो ।
जसमा पहिलो नम्बरमा सहसचिव दिनानाथ शर्मा, दोस्रो नम्बरमा भेटुवाल र तेस्रो नम्बरमा चिरञ्जीवी चटौत सिफारिस भएका थिए ।
सिफारिस भएका ३ जनामा भेटुवालको नाम दोस्रो नम्बरमा भए पनि उमेर अवधि कम भएका कारण उनलाई मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गरेको हो ।
