काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धा आयोगले सशस्त्र प्रहरी बल (एपीएफ) का तत्कालीन प्रहरी निरीक्षक छविलाल कुँवरविरुद्ध नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको आरोपमा मुद्दा दायर भएको छ।
आयोगले बुधबार उनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
प्रवक्ता नरहरि घिमिरेका अनुसार सोही उजुरीको आधारमा छानबिन हुँदा कुँवरले माध्यमिक शिक्षा परिषद,उत्तर प्रदेश९ बोर्ड अफ हाइस्कुल एण्ड इण्टरमिडियट एजुकेसन युपी० अन्तर्गत हाई स्कुल तहको परीक्षा उत्तीर्ण गरेको शैक्षिक प्रमाणपत्र लिइ झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी राष्ट्रसेवकको पदमा प्रवेश गरी बढुवा समेत भएका थिए।
