काठमाडौं । २१ उपसचिव सहसचिवमा बढुवा सिफारिस भएका छन् । मंगलबार बसेको बैठकले प्रशासन सेवा सामान्य प्रशासन समूहतर्फका १९ र नेपाल लेखापरीक्षण सेवाका २ गरी २१ जना उपसचिवलाई बढुवाका लागि सिफारिस गरेको हो ।
यसरी बढुवाका लागि सिफारिस भएकाहरुमा प्रशासन सेवातर्फबाट पदम कुमार श्रेष्ठ, दिलिप कुमार गौतम, योगेन्द्र प्रसाद दुलाल, युवराज अधिकारी, भविश्वर पाण्डे, चन्द्रबहादुर शिवाकोटी, हेमराज भुसाल, भरत गौतम रहेका छन् ।
यसैगरी विमलप्रसाद बराल,बलराम ढकाल,गोविन्द प्रसाद अधिकारी,पुरुषोत्तम अधिकारी,शान्तिराज प्रसाई,नारायणप्रसाद मैनाली,विजयराज सुवेदी चिरञ्जिवी तिमिल्सिना,कविन्द्र नेपाल र यमेन्द्र उपाध्याय बढुवा सिफारिस भएका छन् ।
