काठमाडौं । आजबाट कोसी प्रदेशसभाको हिउँदे अधिवेशन सुरु हुँदै छ।
दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख परशुराम खापुङले संसद् अधिवेशन आह्वानसम्बन्धी पठाएको पत्र पढेर सुनाउने तथा प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेताहरूले बोल्ने कार्यक्रम छ।
प्रदेश सभा बैठकमा गत कात्तिक ४ गते जारी भएको ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१’ लाई पनि बैठकमा प्रस्तुत गरिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।