काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैर कानुनी सम्पत्ति आर्जन गरेको भन्दै इन्जिनियर विष्णु कुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले जलश्रोत तथा सिँचाइ विभागमा कार्यरत तत्कालीन इन्जिनियर श्रेष्ठविरुद्ध करिब पाँच करोडको भ्रष्टाचार मुद्दा विशेष अदालत काठमाडौँमा दायर गरिएको हो ।
श्रेष्ठले काठमाडौं, ललितपुरलगायत विभिन्न स्थानमा घर(घडेरी, जग्गा, गाडी खरिद तथा विभिन्न कम्पनीको शेयर तथा लगानी गरेको र विभिन्न व्यक्तिको नाममा समेत जग्गाजमिन र चलअचल सम्पत्ति लुकाई स्रोत नखुलेको गैरकानूनी सम्पत्ति आर्जन गरेको आयोगका सहसचिव एवम प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।