काठमाडौं । आज देशका धेरै स्थानको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विभागले जनाएको छ । विभागका अनुसार आज गण्डकी र कर्णाली प्रदेशमा शुक्रबार हल्का बदलीको सम्भावना रहेको छ ।
आज बिहान पौने ६ बजे काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ४.६ डिग्री सेल्सियस मापन भएको मौसमविद् सरोज पुडासैनीले जानकारी दिए।
शनिबार बेलुकादेखि भने सुदूरपश्चिम र कर्णाली प्रदेशबाट पश्चिमी वायुको प्रभाव बढ्ने मौसमविद् पुडासैनीले बताए। विषेशगरी उच्च पहाडी तथा हिमाली भूभागमा आगामी सोमबारसम्म हल्का वर्षा र हिमपात गराउनेछ।