काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्पष्टीकरण बुझाएका छन् । उनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आइतबार स्पष्टीकरणको जवाफ बुझाएका हुन् ।
गत सोमबार ऊर्जा मन्त्रालयले घिसिङलाई नौबुँदे स्पष्टीकरण सोधेको थियो । मन्त्रालयले सात दिनभित्र जवाफ दिन भनेको थियो ।
आफ्नो निर्णयमा साथ नदिएपछि ऊर्जामन्त्री दीपक खड्काले घिसिङलाई हटाउने तयारीका साथ सातदिने स्पष्टीकरण सोधेका थिए । खड्काले आफ्ना सचिव सुरेश आचार्यमार्फत ‘तपाईंको नियुक्ति किन अन्त्य नगर्ने ?’ भन्दै सात दिनभित्र स्पष्टीकरण बुझाउन पत्राचार गरेका थिए ।