काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका चार प्रहरी नायब महानिरीक्षक ९डिआइजी० को पदावधि आज राति १२ बजेदेखि लागू हुनेगरी एक वर्ष थप भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुको पदावधि थप गर्ने निर्णय गरेको हो ।
नं एक बराह बाहिनी मुख्यालय पकली सुनसरीका प्रमुख शम्भु सुवेदी, नं तीन गढीमाइ बाहिनी मुख्यालय मकवानपुरका प्रमुख गणेश ठाडामगर, नं चार मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीका प्रमुख कुलबहादुर नेम्वाङ र राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबारमा कार्यरत प्रहरी नायब महानिरीक्षक कमल गिरीको एक वर्ष पदावधि थप भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिए ।
गृह मन्त्रालयको प्रस्तावमा चारै जना प्रहरी नायब महानिरीक्षकको पदावधि एक वर्ष थप गर्न मन्त्रिपरिषद्ले निर्णय गरेको हो । सशस्त्र प्रहरी नियमावली २०७२ को दफा ६५ को (ग) मा सशस्त्रका प्रहरी महानिरीक्षकको पदावधि चार वर्षको हुने व्यवस्था छ ।
नियमावलीको दफा ६५ कै (ग) को (२) उपनियममा सशस्त्र प्रहरी महानिरीक्षकको सिफारिसमा नेपाल सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र प्रहरी नायब महानिरीक्षक (डिआइजी) को पदावधि चार वर्षपछि एक वर्ष थप गर्न सक्ने उल्लेख छ
