काठमाडौं । विशेष अदालतले बीपी मेमोरियल क्यान्सर अस्पतालमा जुनियर असिस्टेन्ट पदमा बढुवाका लागि एसएलसी तह उत्तीर्ण गरेको भन्दै नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेका मनसुन नेपाललाई भ्रष्टाचार कसूरमा दोषी ठहर भएका छन् ।
विहीबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको हो ।
निज मनसुन नेपालले ०७८ चैत २१ मा बढुवा प्रयोजनका लागि एसएलसी उत्तीर्ण भएको प्रमाणपत्र पेस गरेको र ०७९ असोज २८ गते बढुवा भएको इजलासको ठहर छ । निजले पेस गरेको शैक्षिक प्रमाणपत्र राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले ‘नट भेरिफाइड’ भनी पत्रअनुसार जानकारी गराएको देखिएको अदालतले फैसलामा उल्लेख गरेको छ ।