काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २३ वटा स्थानीय तहका निमित्त प्रमुख प्रशासकीय अधिकृतको आर्थिक र प्रशासनिक जिम्मेवारी रद्ध गरेको छ ।
हालैमात्र मन्त्रालयमा नयाँ सचिवका रुपमा रविलाल पन्थ भित्रिएसँगै उनले लामो समयदेखि स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका कर्मचारीहरुको आर्थिक र प्रशासनिक अधिकार कटौती गरिदिएका हुन ।
मन्त्रालयले झण्डै बर्ष दिनदेखि निमित्तको जिम्मेवारीमा रहेका विभिन्न स्थानीय तहको जिम्मेवारी रद्ध गरेको हो । प्रशासन,स्वास्थ्य,कृषि सेवाका अधिकृत छैंटौं र सातौं तहका निमित्त प्रमुख प्रशासकीय अधिकृतहरुबाट आर्थिक र प्रशासनिक जिम्मेवारी रद्ध गरेको जनाएको छ । जसमा १० नगरपालिका र १३ वटा गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी रद्ध गरेको जनाएको छ ।