काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालले राहदानी, सवारी लाइसेन्स, वैदेशिक रोजगार अनुमतिपत्रको सहज वितरणका लागि ई–गभर्नेन्स कमिशन गठन गरिएको बताएका छन्।
आइतवार संघीय संसद्को राज्यका निर्देशक सिद्धान्त‚ नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन संयुक्त समितिमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले मुख्यसचिव संयोजक रहने गरी गठन गरिएको कमिशनले काम गरिरहेको बताए। उनले नागरिकता विधेयक संसद्मा दर्ता भएको जानकारी गराउँदै विधेयक पास भइसकेपछि नागरिकले सहज रूपमा नागरिकता पाउनसक्ने बताए। उनले आमाको नामबाट नागरिकता, बाबुको पहिचान नखुलेका नागरिक तथा एनआरएनको मागलाई विधेयकले सम्बोधन गर्ने दाबी गरे।