काठमाडौं । सर्लाहीमा तीव्र गतिमा रहेको बस अनियन्त्रित भएर पल्टिँदा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ।
मंगलबार राति बलरा नगरपालिका-९ छतौनास्ठित बोर्डर आउट पोष्ट (बीओपी) अगाडि ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधरलाई अनियन्त्रित भएर वाग्मती प्रदेश०१–००६ख २००४ नम्बरको बसले किचेको हो ।
यात्रुबहाक बस पल्टिँदा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजय कुमार तुलाधरको मृत्यु भएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाले बताए ।
