काठमाडौं । १० जना सचिवहरुको सरुवा भएको छ ।
शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई सरुवा गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव भरतमणि सुवेदी निर्वाचन आयोग पुगेका छन् भने आयोगका सचिव रविलाल पन्थ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय आएका छन् ।
यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका कृष्णहरि पुष्करको श्रम मन्त्रालयमा सरुवा भएको छ । मुकुन्द निरौलालाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा खटाइएको छ भने महालेखा नियन्त्रक कार्यालयका सचिव विनोदप्रकाश सिंहलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइएको छ ।
डा गणेशप्रसाद पाण्डेलाई महालेखा नियन्त्रकमा पठाइएको छ । लक्ष्मीकुमारी बस्नेतको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा भएको छ । छ । सचिव दिनेश भट्टराईलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको बताइएको छ। यस्तै वागमती प्रदेशका प्रदेश प्रमुख सचिव डा हरिप्रसाद लम्साल र महादेव पन्थलाई सरुवा गरिएको जनाइएको छ ।


