काठमाडौं । चार जना अधिकृत उपसचिव पदमा बढुवाका लागि सिफारिस भएका छन्। उनीहरुलाई हिजो बसको बढुवा सिफारिस समितिको बैठकले बढुवाका लागि सिफारिस गरेको हो ।
यसरी बढुवाका लागि सिफारिस भएकाहरुमा नेपाल कृषि सेवा भेटनरी समूहतर्फको सुस्मिता गौतम र मञ्जु महर्जन तथा नेपाल कृषि सेवा खाद्य पोषण तथा गुण नियन्त्रण समूह ईश्वर सुवेदी र नेपाल वन सेवा जनरल फरेष्ट्री समूहतर्फ लक्ष्मी न्यौपाने रहेका छन् । उनीहरु चारै जना ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनद्वारा हुने बढुवाका लागि सिफारिस गरिएको समितिले जनाएको छ ।