काठमाडौं आज दिउँसो १ बजे मधेस प्रदेशसभाको चौथो अधिवेशन सुरु हुँदैछ ।
गत भदौ २९ गते बसेको प्रदेशसभाको तेस्रो अधिवेशनको बैठक लामो समयपछि बस्न लागेको हो ।
बैठकमा प्राकृतिक स्रोत र साधन समितिको प्रतिवेदन पेस गरिने प्रदेशसभा सचिवालयका सचिव वासु कोइरालाले जानकारी दिए । प्रदेशसभा बैठकको सबै तयारी पूरा भएको सचिवालयले जनाएको छ ।


