काठमाडौं । सुनसरीको सिडिओबाट गृह मन्त्रालय तानिएका सहसचिव रामचन्द्र तिवारीले प्रवक्ताको जिम्मेवारी पाएका छन् ।
गृह मन्त्रालयले सुरक्षा तथा समन्वय महाशाखा प्रमुख समेत हेर्ने गरी रामचन्द्रलाई गृहको प्रवक्ता तोकिएको हो ।
। गृह मन्त्रालयले सोमबार १० सहसचिव र उपसचिवसहित १२ जना कर्मचारीहरुको सरुवा गर्दा तिवारी गृह मन्त्रालयमा भित्रिएका थिए भने सुनसरीको प्रमुख जिल्ला अधिकारीमा धर्मेन्द्र कुमार मिश्रलाई खटाइएको छ ।
उनले अर्को साताबाट जिम्मेवारी सम्हाल्ने बताइएको छ । ।


