काठमाडौं । नेपाल प्रहरीका दुई प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् ।
गृह मन्त्रालयबाट सिफारिस भएकाहरुमा कुवर कडायत र रवीन्द्र केसी छन् ।
केसी वरियतामा अगाडि थिए । दुवैले वर्तमान आईजीसँगै चैत ४ मा सेवा अवधिका कारण अवकाश पाउने छन् । हालैमात्र दुई एआइजीले अवकास पाएका स्थानमा उनीहरुको बढुवा सिफारिस भएका हुन् ।
