काठमाडौं । पदभार ग्रहण गरेलगत्तै अमेरिकामा जन्मेकै आधारमा नागरिकता नदिने राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा कार्यकारी आदेशमा अदालतले रोक लगाएको छ।
अमेरिकाको सियाटलस्थित संघीय अदालतका न्यायाधीशले उक्त आदेशमा यो रोक अस्थायी रूपमा लगाएको बीबीसीले उल्लेख गरेको छ।
अदालतमा अमेरिकाका चार राज्य-वासिङ्टन, एरिजोना, इलिनोइस र ओरेगनले जन्मेकै आधारमा अमेरिकी नागरिकता दिने प्रावधान खारेज गर्ने ट्रम्पको कार्यकारी आदेशमा रोक लगाउन माग गरेका थिए।
