काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेमधेस प्रदेशको कृषि मन्त्रालयका पूर्वसचिव डा नम्रता सिंहसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
आयोगले तत्कालीन सचिव नम्रता सिंह, वरिष्ठ कृषि अर्थविज्ञ तथा कृषि ज्ञान केन्द्र धनुषाका तत्कालीन कार्यालय प्रमुख शंकरप्रसाद साह, कृषि प्रसार अधिकृत अमरचन्द्र मण्डल र सहलेखापाल ब्रजेशकुमार साहविरुद्ध एक करोड रूपैयाँ हिनामिना गरेको अभियोगमा भ्रष्टाचार मुद्दा चलाएको छ।
पशु चिकित्सक रञ्जितकुमार अधिकारी, कृषि प्रसार अधिकृत अविनाशकुमार झा र कृषि विकास निर्देशनालयका कृषि अर्थविज्ञ विकासकुमार साहले पनि यस प्रकरणमा संलग्न रहेको अख्तियारको अभियोग छ।
