काठमाडौं । भूमि व्यवस्था तथा अभिलेख विभागले २५ जना नायब सुव्वा ३ जना खरिदारको सरुवा संशोधन गरेको छ। विभागका तत्कालीन महानिर्देशक कृष्णप्रसाद सापकोटाले २०८१ असोज १ देखि १५ गतेसम्म ४८१ जना कर्मचारीको सरुवा गरेका थिए ।
सो सरुवा गर्दा कानुन र विधि मिचेको छानबिन समितिले निष्कर्ष निकालेको र ६५ सरुवा रद्द गर्न सिफारिस गरेको थियो । मन्त्रालयको प्रशासन महाशाखा प्रमुख मदन कोइरालाको संयोजकत्वमा सोही महाशाखाका उपसचिव कृष्णप्रसाद भण्डारी र कानुन अधिकृत गोकुल भुजेल सदस्य रहेको समितिले उक्त सरुवा गर्दा निजामती सेवा ऐन र नियमावली बमोजिम नमिलेको निष्कर्ष निकालेको छ ।
सो सरुवा हुँदा काठमाडौं उपत्यकाबाट उपत्यकाभित्रै मालपोत अधिकृत ७, नायब सुब्बा ४१, कम्प्युटर अपरेटर ७ र खरिदार १६ जनाको सरुवा भएको भेटिएसँगै तीन महिना पछि २८ कर्मचारीहरुको सरुवा संशोधन गरेको मन्त्रालयले जनाएको छ ।
