काठमाडौं । अर्थ मन्त्रालयले एकैपटक १४ जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ ।
मन्त्रालयले कर्मचारी प्रशासन महाशाखा प्रमुख रहेका मदन दाहाललाई आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ भने भन्सार विभागको महानिर्देशकमा महेश भट्टराईलाई पठाइएको छ ।
यसैगरी थानप्रसाद पंगेनीलाई प्रशासन महाशाखा लगिएको छ । शोभाकान्त पौडेल मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखा पुगेका छन् । यस्तै महेश आचार्यलाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको जिम्मेवारी दिइएको छ भने तीर्थराज चिलुवाललाई आन्तरिक राजश्व विभागको उपमहानिर्देशकमा पठाइएको छ ।
हालै मात्र अर्थमा ल्याइएकी पार्वती अर्याल प्रमुख भन्सार जाँचपास परीक्षकको जिम्मेवारीमा पुगेकी छिन् । महेश बराललाई अर्थ मन्त्रालयमा वित्तिय संघीयता समन्वय महाशाखामा ल्याइएको छ । यसैगरी युमना प्रधानलाई सहमहालेखा नियन्त्रक,गोपीकृष्ण कोइराला सार्वजनिक ऋृण व्यवस्थापन कार्यालयमा प्रमुखको रुपमा खटाइएको छ ।
यस्तै,अमृत लम्साललाई भन्सार विभागको उपमहानिर्देशक,श्याम भण्डारीलाई मन्त्रालयको योजना,मूल्यांकन शाखा र हालै अर्थमा सरुवा भइ आएका श्रीचन्द्र साह आन्तरिक राजश्व विभागमा पदस्थापन भएका छन् ।


