काठमाडौं । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले अहिले नेपालमै बसेर प्रविधिको उपयोग गर्दै विभिन्न विषयमा अध्ययन गर्ने अवसर रहेको बताएका छन् ।
उनले बुधबार नेपाल विद्यार्थी सङ्घ पाटन संयुक्त क्याम्पस एकाइले आयोजना गरेको वृहत् सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।
विक्रम संवत् २०७२ को भूकम्पबाट क्षति भएको पुस्तकालय नेपाल विद्यार्थी सङ्घ पाटन संयुक्त क्याम्पस एकाइका विद्यार्थीले खाजा खर्च जोगाएर पुनर्निर्माण गरेका छन् ।


