काठमाडौं । सत्तारुढ दल नेकपा एमाले निकट कर्मचारी संगठनको अध्यक्षमा भवानी दाहाल सर्वसम्मत चयन भएकी छिन् ।
अध्यक्ष मण्डलका अध्यक्ष रामेश्वर फुयाँलका अनुसार दाहाल अध्यक्ष र गौतम बरिष्ठ उपाध्यक्ष बनाएर सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गरिएको हो । नयाँ कार्यसमितिमा महासचिवको जिम्मेवारी रामचन्द्र अधिकारीले पाएका छन् ।
शपथ ग्रहण भने आइतबार बताइएको छ ।


