काठमाडौं । नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनले कार्यस्थलमा कार्यरत राष्ट्रसेवक कर्मचारीमाथि कुटपिट गर्ने स्थानीय सरकारका जनप्रतिनिधिलाई कारबाहीको माग गरेको छ। ।
नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टको नेतृत्वमा बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेको टोलीले मुख्यसचिव एकनारायण अर्याललाई ज्ञापनपत्र बुझाउँदै कार्यस्थलमा कर्मचारीको सुरक्षाको माग गरेको हो ।
संगठनले केही दिन अगाडि मात्रै तनहुँको बन्दीपुर गाउँपालिका-६ का अध्यक्ष बलबहादुर गुरुङले सोही वडामा कार्यरत वडासचिव नवीन भुसाललाई कार्यस्थलमै घाँटी अठ्याउँदै कुटपिट गरेकोमा गम्भीर चिन्तासमेत ब्यक्त गरेको छ । उक्त घटनापछि वडा अध्यक्षलाई प्रहरीले पक्राउ गरे पनि माफी मागेपछि उनलाई रिहा गरिएको थियो ।