काठमाडौं । कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय इलाम उत्कृष्ट भएको छ । गृह मन्त्रालयले केही समयअघि सार्वजनिक गरेको दोस्रो त्रैमासको नतिजा अनुसार इलाम १९ दशमलव ५ अंक प्राप्त गर्दै एक नम्बरमा पर्न सफल भएको हो ।
गृहका अनुसार रुकुम पश्चिम, पाल्पाले पनि १९ दशमलव ५ अंक नै पाएका छन् । यसैगरी दोस्रोमा जिल्ला प्रशासन कार्यालय कास्की, रामेछाप, स्याङजा र तेह्रथुम परेका छन् भने जिल्ला प्रशासन कार्यालय पर्वत, बागलुङ र मनाङ तेस्रो स्थानमा परेका छन् ।
रिपोर्ट अनुसार १९ दशमलव १२ प्राप्त गर्दै कञ्चनपुर र चितवन चौथोमा परेका छन् । कूल २० पूर्णांकमा नवलपरासी पूर्व र मकवानपुर १९ दशमलव ०६ अंक प्राप्त गर्दै पाँचौमा परेका छन् । प्रथम त्रैमासमा त्रिहत्तरौं नम्बरमा रहेको सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालय दोस्रोमा ४६ औं नम्बरमा उक्लिन सफल भएको छ । उसले १९ दशमलव ५६२५ अंक मात्रै पाएको छ ।
कार्यसम्पादनमा सबैभन्दा कम बाजुरा १३ दशमलव ०६२५ अंक प्राप्त गरेको छ । प्रथम त्रैमासमा उत्कृष्टमा परेको डडेलधुरा दोस्रोमा ६४ औं नम्बरमा झरेको छ ।
प्रशासन कार्यालयको समग्र कार्यसम्पादन स्तरमा वृद्धि गरी नतिजामुखी बनाउन विगत केही वर्षदेखि गृह सचिव र प्रमुख जिल्ला अधिकारीहरूबिच कार्यसम्पादन सम्झौता हुँदै आएको छ ।
आ.व.2081_082_को_CPAS_दोस्रो_त्रैमासिक_नतिजा (1)