काठमाडौं । सरकारले तीन जना सचिवको जिम्मेवारीमा हेरफेर गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुको सरुवा गरेको हो ।
सरुवा अनुसार घनश्याम उपाध्यायलाई अर्थ सचिवको जिम्मेवारी दिइएको छ । उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए. ।
यसैगरी अर्थ सचिव रामप्रसाद घिमिरेलाई राष्ट्रपति कार्यालयमा खटाइएको छ । यस्तै राष्ट्रपतिको कार्यालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ल्याइएको छ ।


