काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनले १२ औं महाधिवेशनमा अध्यक्ष लेखनाथ कोइरालाद्वारा प्रस्तुत ‘सांगठनिक प्रतिवेदन’ र कोषाध्यक्ष गणेश प्रसाद आचार्यद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन’ सुझावसहित पारित गरिएको छ ।
मंगलवार पत्रकार सम्मेलन गर्दै नेपाल निजामती कर्मचारी संगठनले राष्ट्रसेवक कर्मचारीहरुको पेशागत हकहितको आवाज उठाएको संगठनका महासचिव रामचन्द्र अधिकारीले बताए ।उनले भने,‘ नेपाल निजामती कर्मचारी संगठनले सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुको पेशागत हकहित एव अधिकारको अतिरिक्त प्रभावकारी जनसेवा प्रवाह, व्यवस्थित र मर्यादित ट्रेड युनियनको पक्षमा विगत ३४ वर्षदेखि निरन्तर आवाज उठाउँदै आइरहेको छ ।’
बाह्रौ महाधिवेशनबाट भवानी न्यौपाने दाहालको अध्यक्षतामा १७१ सदस्यीय केन्द्रीय कार्य समिति, ५ सदस्यीय लेखापरीक्षण आयोग, ५ सदस्यीय अनुशासन आयोग, ५ सदस्यीय नीति अनुसन्धान आयोग, ११ सदस्यीय विज्ञान तथा प्रविधि आयोग र ७१ जना केन्द्रीय परिषद् सदस्य सर्वसम्मत रुपमा निर्वाचित भएको संगठनका महासचिव अधिकारीले जानकारी दिएका छन् ।