काठमाडौं । आज बसेको राज्य ब्यवस्था तथा सुशासन समितिको बैठकले संघीय निजामती सेवा विधेयकमा सहमति जुटाउन ११ सदस्यीय उपसमिति गठन गरेको छ ।
कांग्रेस सांसद दिलेन्द्र बडू उपसमितिको संयोजकलाई तोकिएका छन् । उपसमितिका अन्य सदस्यहरुमा एमालेबाट रघुजी पन्त र लीलानाथ श्रेष्ठ रहेका छन् भने कांग्रेसबाट ईश्वरी न्यौपाने तथा नेकपा माओवादी केन्द्रबाट हितराज पाण्डे रहेका छन् ।
यसैगरी रास्वपाबाट डा. चन्दा कार्की, जसपा नेपालबाट प्रकाश अधिकारी, जसपाबाट अशोक राई, नेकपा एसबाट राजेन्द्र पाण्डे, राप्रपाबाट बुद्धिमान तामाङ र लोसपाबाट सर्वेन्द्रनाथ शुक्ल सदस्य छन् ।
उपसमितिलाई महिना दिनभित्र विधेयकमा सहमति जुटाएर प्रतिवेदन पेश गर्ने म्याण्डेट दिइएको छ ।