काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि पाँच जनाको सर्टलिष्ट सार्वजनिक भएको छ । सरकारले गठन गरेको अध्यक्ष छनौट समितिले पाँच जनाको नाम सार्वजनिक गरेको हो ।
उक्त सर्टलिष्टमा बीमा प्राधिकरणका निर्देशक कमल प्रसाद रेग्मी, पूर्व अध्यक्ष चिरञ्जीवी चापागाई, स्वास्थ्य बीमा बोर्डका पूर्व कार्यकारी निर्देशक दामोदर बसौला, पूर्व सचिव रामशरण पुडासैनी तथा पत्रकार शरद ओझाको नाम समावेश रहेको छ ।