काठमाडौं। आज बसेको अर्थ समितिमा भन्सारमा महानिर्देशक हुन योग्यता तोक्नुपर्ने धारणा राखेका छन् ।
आजको छलफलमा सशोधनकर्ता सांसद मनीष झाले महानिर्देशकको पदावधि सन्दर्भमा पनि संशोधन गर्न आवश्यक रहेको बताए ।
‘महानिर्देशकको नियुक्तिका लागि योग्यता तोक्ने सन्दर्भमा महानिर्देशक हुन मान्यताप्राप्त सम्बन्धित विषयमा स्नातक गरेको हुनुपर्ने छ । नियुक्त हुँदा कुनै राजनीतिक दलको सदस्य नरहेको हुनुपर्छ,’ उनले भने, ‘राजस्व, भन्सार महसुल क्षेत्रमा कम्तीमा २० वर्ष काम गरेकोलाई राखिनुपर्छ ।’
तर, राजस्व सचिव दिनेश घिमिरेले सांसदको प्रस्तावबमोजिम महानिर्देशक नियुक्त गर्न नसकिने बताए । ‘महानिर्देशक तोक्ने विषयमा खुला प्रतिस्पर्धाबाट नभएको निजामती सेवा ऐन नियममा तोकिएबमोजिम लगिएको छ ।