काठमाडौं । नवनिर्वाचित नेपाल निजामती कर्मचारी संगठनका पदाधिकारीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग भेटघाट गरेका छन् ।
संगठनकी नवनिर्वाचित अध्यक्ष भवानी दाहालसहित पदाधिकारी र उपलब्ध सदस्यहरुले मंगलबार मन्त्री गुप्तासँग मन्त्रालयमै भेट गरेको हो ।
भेटमा मन्त्री गुप्ताले नेपाल निजामती कर्मचारी संगठनले महिला नेतृत्व चयन गरेर इतिहास रचेकामा खुसी व्यक्त गर्नुहुँदै नवनिर्वाचित अध्यक्षसहितको कार्यसमितिलाई बधाई ज्ञापन र कार्यकाल सफलताको शुभकामना व्यक्त गरो थिए ।