काठमाडौं । नेपाली सेनाका महासेनानी प्रशान्त विक्रम राणा सहायक रथीमा बढुवा भएका छन्। राणालाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले बढुवा गर्ने निर्णय गरेको हो।
सहायक रथीमा बढुवा भएका राणा महासेनानी हुँदा सैनिक नियम पालक ९प्रोभोस्ट मार्सल०मा कार्यरत छन्। सहायक रथी दिपेशजंग शाह उपरथीमा बढुवा भएपछि रिक्त भएको पदमा राणालाई सिफारिस गरिएको थियो।